नियम १८
कारवाही टुङ्ग्याई तामेलीमा राख्ने वा मुद्दा दायर गर्ने

नियम १७ बमोजिम दिईएको सूचना बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्ति वा संस्थाले हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम तिर्न बुझाउन ल्याएमा बुझिलिई निज उपरको कारबाही टुङ्ग्याई तामेलीमा राखिदिनु पर्नेछ । हानी नोक्सानी तथा क्षतिपूर्तिको रकम तिर्न बुझाउन नल्याएमा अनुसन्धान अधिकारीले सोही कुरा उल्लेख गरी मुद्दा दायर गर्ने तर्फ कारबाही शुरु गर्नु पर्नेछ ।